आ.व. 2074/2075 को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न उक्त कार्यक्रममा बर्षको उत्कृष्ट कर्मचारी नौ नंम्बर वडाका वडा सचिव पदमसिंह थापा नगद एक महिना बरावरको तलवले सम्मानित

इलाम नगरपालिकाको छोटो परिचय

·    नेपालको १ नं.प्रदेश, इलाम जिल्ला, स्थापित इलाम नगरपालिका बि.सं. १८७५ मा सदरमुकाम तथा गौडा हुँदै  बि.सं. २०१५ नगरपालिका, बि .सं. २०१९ नगर  पंचायत, बि.सं. २०४७ मा पुनः नगरपालिका भएको हो ।
·    इलाम नगरपालिकाको वार्ड बिभाजन १ देखि १२  सम्म छ । यस न.पा.को जम्मा जनसंख्या - ४८,५३६ (महिला - २५,२३६ र पुरुष - २३,६०६) रहेको छ  ।
·    इलाम नगरपालिका एउटा पर्यटकीय नगरको रूपमा विकसित भएर गइरहेको  नगर हो । 
·    यस क्षेत्रमा पर्यटकीय पर्ूवाधारका लागि विमानस्थल, जैविक विविधताले युक्त विभिन्न पर्यटकीय स्थल, सभागृह र शैक्षिक संस्थाहरूको व्यवस्थापन कार्य तीब्रतर गतिमा भइरहेको छ 
·    हाल नगरमा १२०० जना प्रति वर्ग कि. मि. जनघनत्व रहेकोमा सो बढिरहेको अवस्थामा भएको र नगरमा घडेरी बिक्री वितरण बढिरहेको अवस्था विद्यमान  छ । 
·    सुरुदेखि नै आफ्नो क्षेत्रका नागरिकहरुको दैनिक तथा आवधिक  आवश्यकता परिपर्ूर्ति गर्ने स्थानीय निकायको रुपमा सेवा प्रधान गदै आएको संस्था हो ।
·    मुलुकमा विद्यमान् कानुनी प्रावधान अनुसार स्थापना  भएको र स्थानीय सरकारले गर्नुपर्ने काम कर्तव्य र अधिकार प्रयोग गदै आएको निकाय हो ।
·    नगरवासीहरूको आर्थिक, सामाजिक उन्नतिका लागि अग्रगामी दिशोन्मुख गराउने तर्फलगाउने निकायको रूपमा प्रयासरत   छ ।

 

परियोजना प्रस्ताव पेश गर्ने बारे

बिपत व्यवस्थापन सम्बन्धी जनचेतना मूलक कार्यक्रम सम्बन्धमा

लेखा परिक्षणको लागि चार्टड एकाउन्टेन्ट संस्थाको आवश्यकता

  इलाम नगरपालिका,
नगर कार्यपालिकाको कार्यालय इलामको
मिति २०७५।११।६ को सूचना

६९ औ राष्ट्रिय प्रजातन्त्र दिवस समारोह समिति इलामको कार्यक्रम

मिति २०७५।११।६ गते बिहान ७ बजे आफ्नो कार्यालय संघसंस्था परिसरमा सरसफाइ
मिति २०७५।११।७ गते बिहान ७.३० बजे ठूलो टुँडिखेलमा भेला भई चोकबजार हुँदै जिसस भवनसम्म प्रभातफेरी गरी सभामा परिणत र प्रवचन कार्यक्रम
मिति २०७५।११।७ गते बिहान ८.३० बजे जिसस भवनमा निर्वाचन र लोकतन्त्र विषयक अन्तरक्रिया कार्यक्रम
मिति २०७५।११।७ गते दिउँसो ११.३० बजे जिसस भवनमा प्रजातन्त्र विषयमा वक्तृत्वकला प्रतियोगिता
मिति २०७५।११।७ गते साँझ ६.३० बजे इलाम चोकबजारमा मैनबत्ती प्रज्वलन/दीपावली कार्यक्रम
मिति २०७५।११।८ गते बिहान ८.०० बजे इलाम अस्पतालका बिरामीलाई फलफूल वितरण कार्यक्रम