FAQs Complain Problems

समाचार

गोबरव्यास प्लान्ट तथा सुधारिएको धुँवारहित चुल्हो निर्माण सम्बन्धी सूचना

इलाम नगरपालिका, 

नगर कार्यपालिकाको कार्यालय, इलाम

गोबरग्यास प्लान्ट निर्माण सम्बन्धी सूचना

मिति २०७५।१२।१९

इलाम नगरपालिका क्षेत्रमा गोबरग्यास प्लान्ट निर्माण गर्न इच्छुक नागरिकहरुलाई नगरपालिकाले प्लान्ट निर्माणमा सहयोग गर्ने भएको हुँदा गोबरग्यास प्लान्ट निर्माण गर्न इच्छुक इलाम नगर क्षेत्रका नागरिकहरुले निम्नानुसार विवरण खुलाई वडा कार्यालयको सिफारिससहित १५ दिन भित्रमा यस कार्यालयमा आवेदन गर्न हुन अनुरोध छ ।

निम्न ः

१. आफूले निर्माण गर्न चाहेको प्लान्टको घनमिटर,

२. आफूले लगानी गर्ने रकम 

३. नगरपालिकाबाट अपेक्षा गरिएको रकम

४. निर्माण गरिएको प्लान्टको दिगो र नियमित सञ्चालन तथा मर्मतसुधारको प्रत्याभूति ।

५. गत ५ वर्षयता गोबरग्यास प्लान्ट निर्माण नगरेको ।

 

 

 

इलाम नगरपालिका, 

नगर कार्यपालिकाको कार्यालय, इलाम

सुधारिएको धुँवारहित चुल्हो निर्माण सम्बन्धी सूचना

मिति २०७५।१२।१९

इलाम नगरपालिका क्षेत्रमा सुधारिएको धुँवारहित चुल्हो निर्माण गर्न इच्छुक व्यक्ति / संस्था / संगठित उपभोक्ताहरुलाई नगरपालिकाले सुधारिएको धुँवारहित चुल्हो निर्माणमा सहयोग गर्ने भएको हुँदा इच्छुक व्यक्ति / संस्था / संगठित उपभोक्ताहरुले निम्नानुसार विवरण खुलाई वडा कार्यालयको सिफारिससहित १५ दिन भित्रमा यस कार्यालयमा आवेदन गर्न हुन अनुरोध छ ।

निम्न ः

२. आफूले लगानी गर्ने रकम 

३. नगरपालिकनबाट अपेक्षा गरिएको रकम

४.निर्माण गरिएको चुल्होको नियमित सञ्चालन तथा प्रयोगको प्रत्याभूति ।

५. परिवार संख्या वा संस्थाका सदस्य संख्या