FAQs Complain Problems

लेखा परिक्षणको लागि चार्टड एकाउन्टेन्ट संस्थाको आवश्यकता

  इलाम नगरपालिका,
नगर कार्यपालिकाको कार्यालय इलामको
मिति २०७५।११।६ को सूचना

इलाम नगरपालिका क्षेत्र भित्रका सामुदायिक विद्यालयहरुको आ.ब. २०७४।०७५ सम्मको अन्तिम लेखा परीक्षण कार्य गर्नु पर्ने हुँदा इच्छुक लेखा परीक्षकहरुले मिति २०७५।११।१६ गते भित्रमा यस कार्यालयमा नेपाल चार्टर्ड एकाउन्टेन्स संस्थाको नवीकरण भएको सदस्यता प्रमाणपत्र, स्थायी लेखा नं. दर्ता प्रमाणपत्र, आ.ब. २०७४।०७५ को करचुक्ता प्रमाणपत्र, इलाम नगरपालिकाको व्यवसाय दर्ता प्रमाणपत्रको फोटोकपी लगायत आवश्यक अन्य कागजातसहित आवेदन गर्न हुन यो सूचना प्रकाशित गरिएको छ । विस्तृत जानकारीको लागि यस कार्यालयको सूचना पाटी वा वेभसाइट www.ilammun.gov.np  हेर्न हुन सम्बन्धित सबैमा सूचित   गरिन्छ ।

  प्रमुख प्रशासकीय अधिकृत