स्वच्छ, समृद्ध, सुसंस्कृत इलाम
नागरिक बडापत्र
१. नागरिकता प्रमाणपत्रको सिफारिस
क. आवश्यक पर्ने कागजातहरु
§ अस्थायी नागरिकता (टोली दर्ता नं.), पिताको नागरिकताको प्रतिलिपि, घरपरिवारका सनाखत गर्ने व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि, बिवाहित भए पतिको नागरिकताको र बिवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि,
§ दुबै कान देखिने हालसालै खिचेको दुई प्रति पासपोर्ट साइजको फोटो - पुरुष भए टोपी लगाएको),
§ अध्ययनरत वा अध्ययन समाप्त गरेको व्यक्तिको हकमा जन्ममिति खुलेको शैक्षिक संस्थाको प्रमाणपत्रको प्रतिलिपि,
§ अन्यको हकमा जन्ममिति खुलेको प्रमाण पत्रको प्रतिलिपिहरु जस्तै जन्म कुण्डली वा मतदाता परिचय पत्रको प्रतिलिपि वा सरजमिन मुचुल्का,
§ बसाइ सरी आएको भए बसाइ सराइको प्रमाणपत्रको प्रतिलिपि,
§ २०३७ साल पौष १ पछि जन्म हुनेहरुको हकमा जन्म दर्ता प्रमाण पत्र,
§ जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि,
§ पति वा बाबुको मृत्यु भएको भए मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि,
§ बैवाहिक सम्बन्धबाट अंगीकृत नागरिकताको लागि बिवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि,
§ बैवाहिक अंगीकृत नागरिकताको लागि बिदेशी नागरिकता त्यागेको वा त्याग्न कार्यवाही चलाएको प्रमाणपत्रको प्रतिलिपि र पत्र पठाएको आधिकारिक हुलाकको रसिद,
§ नागरिकता प्रतिलिपि लिने सिफारिसको हकमा माथिको दोश्रो नम्बर अनुसारको फोटो र हराएको नागरिकताको नम्बर र मिति खुलेको प्रमाण,
§ सम्बन्धित वडाका वडाध्यक्ष वा सदस्यहरुको सिफारिस वा आवश्यकता परेमा र्सजमिन सहितको सिफारिस पत्र,
§ न.पा.को बाँकी बक्यौता तिरिसकेको सफाइपत्र,
ख. कामको प्रक्रिया: पेश गरेको कागजात अध्ययन गरी सिफारिस दिने ।
ग. लाग्ने अवधि : प्रमाण पुगेमा तुरुन्तै ।
२. नाता प्रमाणित
क. आवश्यक पर्ने कागजातहरु
§ मृतकको मृत्यु दर्ता प्रमाण पत्र,
§ नाता प्रमाणित गरि दिनुपर्ने व्यक्तिको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
§ अन्य जिल्ला/गाविस बाट नागरिकता लिएको भए बसाँई सराइको प्रमाणपत्र ,
§ १६ वर्षउमेर पुगेको छोरा वा छोरीसँग नाता प्रमाणित गर्नु पर्ने भएमा नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी र सो भन्दा कम उमेरको भए जन्म दर्ता प्रमाणपत्र,
§ हाल सालै खिचेको पासपोर्ट र्साईजको ३-३ प्रति फोटो,
§ जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपी,
§ पेन्सनरहरुको हकमा प्रयोजन हेरी संयूक्त फोटो नाम, नम्बर, दर्जा, पति, पत्निको नाम देखिने पेन्सनपट्टाको प्रतिलिपी ,
§ सम्वन्धीत वडा अध्यक्षको सिफारिस,
§ चालु आर्थिक वर्षभित्र नगरपालिकालाई वुझाउनु पर्ने सम्पुर्ण करहरु तिरेको प्रमाण,
ख. कामको प्रक्रिया : पेश गरेको कागजात हेरी प्रमाणित गर्ने ।
ग. लाग्ने अवधि : प्रमाण पुगेको तुरुन्तै ।
३. घरजग्गा नामसारी सिफारिस:
क. आवश्यक पर्ने कागजातहरु
* मृतकको नामबाट नामसारी हुनु पर्ने भए मृत्यु दर्ताको प्रमाणपत्र ।
* मृतकसँगको नाता प्रमाणित प्रमाणपत्र ।
* सम्वन्धीत व्यक्तिको नागरिकताको प्रमाणपत्र ।
* अंशवण्डाबाट भए वडा पत्र ।
* जग्गाधनी प्रमाण पुर्जा ।
* चालु आर्थिक वर्षो मालपोत तिरेको रसिद ।
* चालु आर्थिक वर्षभित्र नगरपालिकालाई वुझाउन पर्ने सम्पुर्ण करहरु तिरेको प्रमाण ।
* वडाको किटानी सिफारिस ।
ख. कामको प्रक्रिया : प्रमाणको अध्ययन र सर्जमिन।
ग. लाग्ने अवधि : २ दिन ।
४. बसोबास सिफारिस
क. आवश्यक पर्ने कागजातहरु
* सम्वन्धीत व्यक्तिको नागरिकताको प्रमाणपत्र ।
* बसाँई सरी आएको भए बसाँई सराईको प्रमाण पत्र ।
* २०३७ साल भन्दा पहिलको भए वडाध्यक्षको किटानी सिफारिस ।
* नगरपालिका क्षेत्र भित्र कुनै कार्यालयमा सेवारत कर्मचारीभए आफ्नो परिचय पत्र सहित कार्यालयको सिफारिस पत्र ।
* चालु आर्थिक वर्षभित्र नगरपालिकालाई वुझाउनु पर्ने सम्पुर्ण करहरु तिरेको प्रमाण ।
* वडाको किटानी सिफारिस ।
ख. कामको प्रक्रिया : प्रमाणको अध्ययन ।
ग. लाग्ने अवधि : १ दिन
५. मृत्यु प्रमाणित २०३७ साल भन्दा अगाडिको सिफारिस
क. आवश्यक पर्ने कागजातहरु
* सन्वन्धित व्यक्तिको नागरिकताको प्रमाण पत्र ।
* नगरपालिकामा वसोवास भएको प्रमाणपत्र ।
* वडाध्यक्षबाट किटानी सिफारिसर्/र्सजमिन ।
* चालु आ.व. सम्म नगरपालिकालाई वुझाउनु पर्ने करहरु वुझाएको प्रमाण ।
ख. कामको प्रक्रिया : प्रमाणको अध्ययन ।
ग. लाग्ने अवधि : १ दिन ।
६. जन्ममिति प्रमाणित २०३७ साल पौष भन्दा अगाडिको
क. आवश्यक पर्ने कागजातहरु
* सम्वन्धित व्यक्तिको नागरिकताको प्रमाणपत्र वा शैक्षिक संस्थाको जन्ममिति खुलेको प्रमाणपत्र ।
* पासपोर्ट साइजको हाल सालै खिचेको फोटो २ प्रति ।
* वडाध्यक्षबाट किटानी सिफारिस/जन्म कुण्डली वा भोटर परिचय पत्रको प्रतिलिपी ।
* चालु आ.व. सम्म नगरपालिकालाई वुझाउनु पर्ने कर वुझाएको प्रमाण ।
ख. कामको प्रक्रिया : प्रमाणको अध्ययन ।
ग. लाग्ने अवधि :१ दिन
७. जन्म दर्ता २०३७ साल पौष भन्दा पछाडिको
क. आवश्यक पर्ने कागजातहरु
* पिताको नागरिकताको प्रमाणपत्र
* सुचकको नागरिकताको प्रमाणपत्र
* नगरपालिका क्षेत्र भित्र स्थायी वसोबास भएको प्रमाण पत्र ।
* कर्मचारीको छोरा छोरीको हकमा कार्यालयको शिफारिस ।
* विवाह दर्ता प्रमाण पत्र ।
ख. कामको प्रक्रिया : प्रमाणको अध्ययन ।
ग. लाग्ने अवधि : १ घण्टा
८. मृत्यु दर्ता २०३७ पौष भन्दा पछाडिको
क. आवश्यक पर्ने कागजातहरु:
* मृतकको नागरिकता प्रमाणपत्र ।
* सूचकको नागरिकता प्रमाणपत्र ।
* विवाह दर्ता प्रमाण पत्र ।
ख. कामको प्रक्रिया : प्रमाणको अध्ययन ।
ग. लाग्ने अवधि : प्रमाण पुगेको तुरुन्तै ।
९. बिवाह दर्ता २०३७ पौष भन्दा पछाडिको
क. आवश्यक पर्ने कागजातहरु:
* नगरपालिका क्षेत्रमा स्थायी वसोबास हुनु पर्नेछ ।
* पति पत्निको नागरिकताको प्रमाणपत्र सहित उपस्थित हुनु पर्ने ।
* पत्निको नागरिकता नभए जन्म दर्ता वा वावुको नागरिकताको प्रमाणपत्र ।
ख. कामको प्रक्रिया : प्रमाणको अध्ययन
ग. लाग्ने अवधि :
१०. बसाइसराइ आउने जानेको लागि
क. आवश्यक पर्ने कागजातहरु:
* वर्साई सरी आएको प्रमाणपत्र ।
* घरमुलीको नागरिकताको प्रमाणपत्र र ६ महिना वसोबास भएको ।
* बर्साई सरी अन्यत्र जानेको हकमा घरमुलीको नागरिकता र ६ महिना वसोवास भएको ।
ख. कामको प्रक्रिया : प्रमाणको अध्ययन ।
ग. लाग्ने अवधि : प्रमाण पुगेको १ दिनमा ।
११. सम्बन्धविच्छेद
क. आवश्यक पर्ने कागजातहरु :
* अदालतको फैसलाको प्रतिलिपी ।
* सरोकारवाला सूचकको नागरिकताको प्रमाणपत्र ।
* स्थायी वसोवास गरेको ।
* व्यक्तिगत घटना दर्ता, सम्वन्ध विच्छेद, जन्म, मृत्यू र विवाह दर्ता गर्न आउँदा घटना भटेको ३५ दिन भित्र निशुल्क दर्ता हुनेछ । त्यस पछि ३५ दिन भित्रमा सूचना प्राप्त भएमा रु. ८।- र सो भन्दा पछि सूचना प्राप्त भएमा रु. ५०।- सम्म जरिवाना लाग्नेछ ।
* व्यक्तिगत घटना दर्ता ऐन २०३३ अनुसार माथि उल्लेखित ५ वटै घटना दर्ता गर्दा चालु आ.व. मा नगरपालिकालाई वुझाउनु पर्ने करहरु वुझाएको प्रमाण पेश गर्नु पर्नेछ ।
ख. कामको प्रक्रिया : प्रमाणको अध्ययन
ग. लाग्ने अवधि : ७ दिन
१२. नाम,थर संशोधन सिफारिस
क. आवश्यक पर्ने कागजातहरु:
* सम्वन्धित व्यक्तिको नागरिकता प्रमाणपत्र ।
* नामथर फरक परेको सम्वन्धित कागजपत्रहरु ।
* निवृतिभरण पाएका व्यक्तिहरको हकमा पट्टाको प्रतिलिपी ।
* चालु आ.व. भित्र नगरपालिकालाई वुझाउनु पर्ने कर वुझाएको प्रमाण ।
* वडाको किटानी शिफारिस/ र्सजमिन ।
ख. कामको प्रक्रिया : प्रमाणको अध्ययन र र्सजमिन ।
ग. लाग्ने अवधि : १ दिन
१३. उधोग स्थापना सिफारिस
क. आवश्यक पर्ने कागजातहरु:
* घरेलु तथा साना उधोग कार्यालयको पत्र ।
* ४ किल्ला सधियारहरुको लिखित सहमति पत्र ।
* सम्वन्धित व्यक्तिको नागरिकताको प्रमाणपत्र ।
* उद्योग स्थापना गर्ने स्थानको जग्गाधनी पूर्जा र घर भएमा नक्सा पास प्रमाणपत्र ।
* उद्योग व्यवसाय संचालन गर्दा नगरपालिकाबाट प्रमाण पत्र लिएर मात्र संचालन गरौं ।
* उद्योग स्थापना गर्ने जग्गा भाडामा प्रयोग गर्ने भए जग्गा दिने व्यक्तिको मन्जुरीनामा सहित संझौतापत्र ।
* कानूनले निशेध गरेका उद्योग व्यवसाय तथा सडक अवरोध गर्ने गरी र वातावरणीय प्रभावमा प्रतिकुल आउने गरी उधोग स्थापना सिफारिस गरिने छैन ।
* चालु आ.व. समम नगरपालिकालाई वुझाउनु पर्ने करहरु वुभाएको प्रमाण ।
* वडाको सिफारिस ।
ख. कामको प्रक्रिया : प्रमाणको अध्ययन र सर्जमिन ।
ग. लाग्ने अवधि : ७ दिन
१४. विद्युत,टेलिफोन जडानको सिफारिस
क. आवश्यक पर्ने कागजातहरु
* नागरिकताको प्रमाणपत्र ।
* घर भएको जग्गाको जग्गाधनी प्रमाण पूर्जा वा स्वामित्व सम्वन्धि अन्य प्रमाणहरु ।
* नक्सापास भएको प्रमाण -न.पा. स्थापना भए पछिको )
* वडाध्यक्षको सिफारिस ।
* चालु आ.व. सम्म नगरपालिकालाई वुझाउनु पर्ने करहरु वुझाएको प्रमाण ।
ख. कामको प्रक्रिया : प्रमाणको अध्ययन ।
ग. लाग्ने अवधि : १ घण्टा ।
१५. छुट जग्गा दर्ताको सिफारिस:
क. आवश्यक पर्ने कागजातहरु
* नागरिकता प्रमाणपत्रको प्रतिलिपी
* २ नं. रसिदको प्रमाण
* ७ नं. फाँटवारीको प्रमाण ।
* क्षेत्रीय नापी कितावको प्रतिलिपी ।
* नापी शाखाबाट हाल प्रमाणित भएको कित्ता नं. प्रष्ट देखिने जग्गाको नक्सा ।
* क्षेत्रिय नापी कितावमा नाम उल्लेख भए भन्दा अन्य व्यक्तिको नाममा दर्ता सिफारिस गर्नु पर्ने भए मृत्यू दर्ता प्रमाण पत्र र नाता प्रमाणित प्रमाणपत्र ।
* हकदारको नागरिकताको प्रमाणपत्र ।
* चालु आ.व. सम्म नगरपालिकालाई वुझाउनु पर्ने करहरु वुझाएको प्रमाण ।
* वडाको सिफारिस ।
ख. कामको प्रक्रिया : प्रमाणको अध्ययन र सर्जमिन ।
ग. लाग्ने अवधि : २ दिन
१६. अपाङ्ग असहाय एकलमहिला तथा जेष्ठ नागरिक भत्ता (सा.सु.कार्यक्रम)
क. आवश्यक पर्ने कागजातहरु:
* एकल महिलाको हकमा ६० वर्ष उमेर पुरा भई निर्देशिका वमोजिम शर्त पुरा भएको र ज्येष्ठ नागरीकको हकमा ७० वर्षपुरा भएको।
* नागरिकताको प्रमाण पत्र
* एकल महिलाको लागि श्रीमानको मृत्यू दर्ता प्रमाणपत्र
* अन्यत्रबाट आएको भए बसार्ई सरार्ईको प्रमाण पत्र ।
* पासपोर्ट सार्ईको ३ प्रति फोटो ।
* सम्वन्धित वडाको सिफारिस ।
* एक आर्थिक वर्षको भत्ता रकम अर्को वर्षमा लिन नपाईने र हस्तेवारीबाट वितरण नहुने ।
ख. कामको प्रक्रिया : प्रमाणको अध्ययन गरी तोकिएको शर्तको अधिनमा सम्वन्धित समितिबाट सिफारिस भए वमोजिम ।
ग. लाग्ने अवधि : नयाँ भत्ता प्राप्त गर्नको लागि १ वर्षको समय लाग्नेछ र भत्ता लिईरहनेको हकमा चौमासिक कार्यक्रम वनाई वितरण गरिनेछ ।
१७. छात्रवृत्ति सिफारिस
क. आवश्यक पर्ने कागजातहरु :
* निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
* स्कूल वा क्याम्पसमा अध्ययन गरेको प्रमाणपत्रको प्रतिलिपी ।
* जन्म दर्ताको प्रतिलिपी ।
* वर्साई सरी आएको भए वसार्ई सराईर्को प्रमाणपत्रको प्रतिलिपी ।
ख. कामको प्रक्रिया : प्रमाणको अध्ययन ।
ग. लाग्ने अवधि : १ दिन
१८. घरजग्गा मूल्यांकन
क. आवश्यक पर्ने कागजातहरु
* जग्गाधनी प्रमाणपूर्जा ।
* घर भए नक्सा पास प्रमाण पूर्जा, न.पा. स्थापना पुर्व निर्माण भएको घर जग्गाको वडाध्यक्षको किटानी सिफारिस ।
* सम्वन्धित व्यक्तिको नागरिकताको प्रमाणपत्र ।
* चालु आ.व. सम्म नगरपालिकालाई वुझाउनु पर्ने सम्पुर्ण करहरु तिरेको प्रमाण ।
* सर्जमिन मुचुल्का तथा अन्य प्राविधिक प्रतिवेदन ।
ख. कामको प्रक्रिया : प्रमाणको अध्ययन र र्सजमिन ।
ग. लाग्ने अवधि : अवस्था हेरी १ दिन देखि ७ दिन सम्म
१९. घरनक्सापास
क. आवश्यक पर्ने कागजातहरु:
* नक्सा सेट तीन -ट्रेसिङ्ग पेपरमा १ र सो को फोटोकपी थान २) ।
* जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी ।
* तलाथपको लागि भए पहिले पारित भएको घरको नक्सा ।
* चालु आ.व. मालपोत तिरेको रसिद ।
* घर निर्माण गरिने कित्ताको कित्ता नं. प्रष्ट देखिने नापी शाखाबाट हाल सालै प्रमाणित भएको नक्सा ।
* बाटो खुलेको नक्सा ।
* नागरिकताको प्रमाणपत्र ।
* चालु आ.व.मा नगरपालिकालाई वुझाउनु पर्ने करहरु तिरेको
प्रमाण ।
* घर निर्माण इजाजत पाइसकेपछि २ वर्षभित्रमा नक्सा वमोजिमको घर वनाई सक्नु पर्दछ ।
* घर निर्माण सम्पन्न भएको जानकारी सम्वन्धित व्यक्तिले नगरपालिकालाई दिनुपर्नेछ ।
ख. कामको प्रक्रिया : प्रमाणको अध्ययन, १५ दिने सूचना टाँस, र्सजमिन र स्वीकृती ।
ग. लाग्ने अवधि : ७ दिन
२०. व्यवसाय दर्ता
क. आवश्यक पर्ने कागजातहरु:
* निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
* आफ्नै घर भए जग्गाको मालपोत तिरेको रसिदको प्रतिलिपी ।
* दुई प्रति फोटो ।
* भाडामा वसेको भए घर धनीसँगको सम्झौता पत्रको प्रतिलिपी ।
* गैर नागरिकको हकमा घरधनीसँगको सम्झौता पत्र ।
* वडाध्यक्षको सिफारिस ।
* चालु आ.व.को नगरपालिकालाई तिर्नु पर्ने करहरु तिरको प्रमाण ।
ख. कामको प्रक्रिया : प्रमाणको अध्ययन र सर्जमिन ।
ग. लाग्ने अवधि : अवस्था हेरी १ दिन देखि ७ दिन सम्म ।
२१. मालपोत
क. आवश्यक पर्ने कागजातहरु :
* गत आ.व. मा समपत्ती कर तिरेको रसिद ।
* नक्कन लिन आउँदा सरोकारवालाको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
* चालु आ.व. मा नगरपालिकालाई वुझाउनु पर्ने करहरु वुझाएको प्रमाण ।
ख. कामको प्रक्रिया : प्रमाणको अध्ययन ।
ग. लाग्ने अवधि :
२२. जग्गा रजिष्ट्रेशन सिफारिस
क. आवश्यक पर्ने कागजातहरु:
* निवेदन फाराम भर्नु पर्ने
* वेच्ने र किन्नेको नागरिकताको फोटोकपि
* धनीपूर्जाको फोटोकपि
* तिरो तिरेको रसिदको फोटोकपि
* कर क्लियरेन्स
* जग्गाको नक्सा
ख. कामको प्रक्रिया : प्रमाणको अध्ययन ।
ग. लाग्ने अवधि :१ दिन ।
२३. निजी धारा जडान
क. आवश्यक पर्ने कागजातहरु:
* धनीपूर्जाको फोटोकपी १ प्रति
* नागरिकताको फोटोकपी १ प्रति
* नक्सापास इजाजत पत्रको फोटोकपी १ प्रति
* घर निर्माण प्रक्रिया पुरा भई सकेको हुनुपर्छ ।
ख. कामको प्रक्रिया : प्रमाणको अध्ययन ।
ग. लाग्ने अवधि :
* पानीको मात्रा प्रशस्त भएको लाइनमा तत्काल दिन सकिने ।
* पानीको मात्रा कम भएको लाइनमा आवश्यक श्रोत वढाएर मात्र दिन सकिने ।
* घरको नक्सा २ प्रति
* नापीबाट कि.नं. को नक्सा १ प्रति
* धनि पूर्जा १ प्रति -फोटोकपि)
* तिरो तिरेको रसिद एक प्रति -फोटो कपि)
* नागरिकता एक प्रति -फोटोकपि)
* फाराम-नक्सा पासको लागि न.पा. बाट उपलब्ध हुने)
* आर सी.सी. र कर्कट पाताको छानाको क्रमश: रु. ४।- रु१।- प्रति वर्ग फूट न.पा.मा वुझाउनु पर्ने ।
२४. खानेपानी महसुल असुली प्रकृया:
क) ग्राहकले खानेपानीको चालु महसुल बुझाउँदा रिडिङ भएको मितिले ३० औ दिनसम्म रिडिङ बिल अनुसारको रकम बुझाउनु पर्नेछ। दोस्रो महिना र तेस्रो महिनालाई क्रमश २५ प्रतिशत र ३५ प्रतिशत बिलम्ब शुल्क लाग्नेछ।
१. ०-१०००० लि. सम्मको खपतमा न्यूनतम रु. ७५।००
२. १०००१-१५००० लि. सम्मको खपतमा -प्रति हजार) रु. १०|०० का दरले
३. १५००१ लि. देखि ३०००० लि. सम्मको खपतमा -प्रति हजार) रु. १२|०० का दरले
४. ३०००१ लि. देखि १००००० लि. सम्मको खपतमा -प्रति हजार) रु.१४।०० का दरले
५. १००००१ लि. भन्दा माथिको खपतमा -प्रति हजार) रु. १६।०० का दरले
६. मिटर नराखी वन्द गरेको धाराको मासिक रु. ७५।०० लिने ।माथि जेसुकै लेखिए पनि नगरपालिका क्षेत्रभित्रको स्थानिय मुहानबाट वितरित खानेपानी उपभोग गर्ने ग्राहकलाई ०-१०००० लि. सम्मको खपतमा न्युनतम रु. ५०|०० र सोदेखि माथि प्रतिहजार रु. ७|०० का दरले असुल गरिनेछ।
२५. निजी विद्यालय दर्ता सिफारिस :
क. आवश्यक कागजातहरु:
* निवेदन
* जग्गा धनीपूर्जा प्रमाणपत्रको प्रतिलिपी
* नक्सापास
* नियमानुसार राख्नुपर्ने धरौटी जम्मा गरेको निस्सा
ख. कामको प्रक्रिया: प्रमाणको अध्ययन
ग. लाग्ने अवधि :
घ. लाग्ने दस्तुर: पूर्व प्रा.वि.स्तर १००।- प्रा.वि.स्तर ५००।-
नि.मा.वि.स्तर ८००।-, मा.वि.स्तर १०००।-
उच्च मा.वि. स्तर २०००।-,
प्राविधिक शिक्षालय १०००।-
|