FAQs Complain Problems

समाचार

 करारमा सेवा लिनेसम्बन्धी सूचना-स्वस्थ्य

                                   इलाम नगरपालिका
नगर कार्यपालिकाको कार्यालय, इलामको
                                           करारमा सेवा लिनेसम्बन्धी सूचना
(सूचना प्रकाशन मिति २०७५÷६÷२)
विज्ञापन नं. २।२०७५।०७६, पद ः दन्त चिकित्सक, संख्या ः १
इलाम नगरपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने कार्यविधि, २०७५ अनुसार इलाम अस्पतालको लागि दन्त चिकित्सक (डेन्टल सर्जन) १ जना करारमा राख्नु पर्ने भएकोले मान्यताप्राप्त स्वदेश वा विदेशका विश्वविद्यालयबाट बी.डी.एस. उत्तीर्ण, नेपाल मेडिकल काउन्सिलमा सूचीकृत, उमेर २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको, योग्यता पुगेका नेपाली नागरिकहरुले १० (दस) दिन भित्र दिनको २ बजेसम्म राजस्व तिरेको रसिद सहित दरखास्त दिन यो सूचना प्रकाशन गरिएको छ । साथै उल्लिखित पदको अन्तरवार्ता सूचना प्रकाशन भएको ११ औ दिन, दिनको ३ बजे यस कार्यालयमा संचालन हुने व्यहोरा जानकारी गराइन्छ । उल्लिखित विज्ञापनको दरखास्त फाराम, दरखास्त दस्तुर, कार्यविवरण, पारिश्रमिक, सेवाका शर्तहरुसहितको विस्तृत विवरण कार्यालयबाट वा वेवसाइट धधध।ष्बिmmगल।नयख।लउ बाट उपलब्ध हुनेछ । यस सूचनामा उल्लेख नभएका कुराहरुको हकमा इलाम नगरपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने कार्यविधि, २०७५ मा उल्लेख भए अनुसार हुनेछ ।
विज्ञापन नं. ३।२०७५।०७६, पद ः कार्यालय सहयोगी, संख्या ः १
इलाम नगरपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने कार्यविधि, २०७५ अनुसार आयुर्वेद औषधालय इलामको लागि कार्यालय सहयोगी (श्रेणीविहीन) १ जना करारमा राख्नु पर्ने भएकोले एस.एल.सी. उत्तीर्ण, उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको, गह्रौ शारीरिक श्रम पर्ने काम गर्न सक्ने योग्यता पुगेका नेपाली नागरिकहरुले १० (दस) दिन भित्र दिनको २ बजेसम्म राजस्व तिरेको रसिद सहित दरखास्त दिन यो सूचना प्रकाशन गरिएको छ । साथै उल्लिखित पदको अन्तरवार्ता सूचना प्रकाशन भएको ११ औ दिन, दिनको १ बजे यस कार्यालयमा संचालन हुने व्यहोरा जानकारी गराइन्छ । उल्लिखित विज्ञापनको दरखास्त फाराम, दरखास्त दस्तुर, कार्यविवरण, पारिश्रमिक, सेवाका शर्तहरुसहितको विस्तृत विवरण कार्यालयबाट वा वेवसाइट धधध।ष्बिmmगल।नयख।लउ बाट उपलब्ध हुनेछ । यस सूचनामा उल्लेख नभएका कुराहरुको हकमा इलाम नगरपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने कार्यविधि, २०७५ मा उल्लेख भए अनुसार हुनेछ ।