FAQs Complain Problems

समाचार

News and Events

सन्दकपुरको पानी इलाम बजारमा

इलाम — खानेपानीको चरम अभाव रहेको सदरमुकाममा दिगो समाधानका लागि नयाँ योजनाको काम सुरु भएको छ । सन्दकपुर गाउँपालिका क्षेत्रमा रहेका मुहानको पानी ल्याउने गरी इलाम बजार तेस्रो साना सहरी खानेपानी योजनाको निर्माणले तीव्रता पाएको हो । 

 

निशुल्क आँखा शिविर सम्बन्धी सूचना

मिति २०७५।१२।२२

इलाम नगरपालिका, नगर कार्यपालिकाको कार्यालय इलाम, बिराटनगर आँखा अस्पताल बिराटनगर, नेपाल नेत्रज्योति संघ इलाम, जिल्ला प्रहरी कार्यालय इलामको आयोजनामा मिति २०७६ साल बैशाख ५, ६ र ७ गतेका दिन इलाम अस्पतालमा मोतियाबिन्दुको शल्यक्रिया सहितको निशुल्क आँखा शिविर सञ्चालन हुने भएकाले आँखाका रोगीहरुले समयमै सर्म्पर्क राखी आँखाको उपचार गराउन हुन अनुरोध छ । साथै यस सूचनालाई जेष्ठ नागरिक तथा आँखाका रोगीहरु समक्ष प्रचारप्रसार गरि दिन हुन इलाम नगरपालिकाका जनप्रतिनिधिज्यूहरु, वडा सचिव, स्वास्थ्य केन्द्र प्रमुख, सामाजिक परिचालक र महिला स्वास्थ्य स्वयम्सेविकाहरुमा समेत अनुरोध छ ।

Pages