FAQs Complain Problems

News and Notices

चर्पीको ढल नालीमा हाल्ने फन्दामा

इलाम, १८ फागुनः चर्पीको ढल सार्वजनिक नालामा मिसाउने चार जना इलाम सदरमुकाममा फेला परेका छन् । जिल्ला प्रशासन कार्यालय इलाम, जिल्ला स्वास्थ्य कार्यालय इलाम र इलाम नगरपालिका कार्यालय इ लाम का प्रतिनिधिहरुको संयुक्त अनुगमन टोलीले चर्पीको ढल सार्वजनिक नालामा मिसाएको पाएको हो । इलाम बजारभित्रका देवेन्द्र शंकर, आशिर्वाद गेष्ट हाउस, टुडिखेल मोडका गणेश पौडेल र श्याम शाहको घरको चर्पीबाट निस्किएको प्रदुशित ढल सार्वजनिक नालामा मिसाएको पाईएको हो ।

स्थानीयबासीको उजुरीको आधारमा अनुगमन टोली तत् तत् स्थानमा अनुगमनमा गएको थियो । अनुगमन टोलीले चर्पीको ढल सार्वजनिक नालामा मिसाएको स्थलगत सर्जिमिन मुचुल्का उठाएर ल्याएको छ । चर्पीको ढल सार्वजनिक नालामा मिसाउनेहरुलाई फोहरमैला व्यवस्थापन ऐन २०६८ को व्यवस्था बमोजिम न्युनतम ५ हजार देखि अधिकतम १५ हजारसम्म जरिवाना हुने व्यवस्था रहेको इलाम नगरपालिकाका कार्यकारी अधिकृत महेन्द्र खाम्याहाङले बताए ।

उनले अरु कसैले चर्पीको ढल सार्वजनिक नालामा मिसाउने काम गरेको भए उजुरी गर्न सबैलाई अनुरोध गरेका छन् । उनले भने, ‘उजुरी गर्ने तथा सुचना दिनेको नाम गोप्य रहनेछ, सार्वजनिक स्वास्थ्यको हित विरुद्ध काम गर्नेलाई कारवाही गराउन कोहि पनि डराउनु हुदैन ।’ जरिवाना तिर्न अटेर गर्नेको पिउने पानी, विद्युत, टेलिफोन लगायतका सेवा बन्द गर्ने तथा अचल सम्पति खरिदबिक्री बन्द गर्नसम्म सक्ने कानुनी प्रावधान रहेको छ ।

 

Post date: Thursday, March 2, 2017 - 10:55

इलाम नगरपालिकाको सुचना

Post date: Saturday, January 14, 2017 - 17:43

२२ औ नगरपरिषद्को सुचना

Post date: Sunday, January 8, 2017 - 19:36

२२अाै नगरपिरषद सम्वन्धि सुचना

२२अाै नगरपिरषद सम्वन्धि सुचना

Post date: Friday, January 6, 2017 - 13:45

२०७३ वडा भेला सम्वन्धि सुचना

२०७३ वडा भेला सम्वन्धि सुचना

Post date: Friday, January 6, 2017 - 13:40

सहयोग रकम सम्वन्धमा

Post date: Sunday, December 18, 2016 - 14:58

२०७२-७३ सामाजिक सुरक्षाको बार्षिक प्रगति विवरण

२०७२-७३   सामाजिक सुरक्षाको बार्षिक प्रगति विवरण

Post date: Thursday, December 1, 2016 - 09:03

अा.व.०७२/०७३ काे वार्षिक अाय व्याय

अा.व.०७२/०७३ काे वार्षिक अाय व्याय

Post date: Wednesday, November 30, 2016 - 16:35

सम्झौताको लागि सम्पर्क राख्ने सम्वन्धमा

इलाम नगारपालिकाको सूचना

Post date: Thursday, November 17, 2016 - 18:06

इलाम नगरपालिकाको आ व २०७३।७४ को प्रथम सार्वजनिज सुनुवाइ सम्पन्न

इलाम नगरपालिका को प्रथम सार्वजनिक सुनुवाइ मिति २०७३ कार्तिक ३० गतेका दिन जिल्ला विकाश समिति इलामको सभा कक्षमा सु सम्पन्न भएको छ। जिल्ला विकाश समिति र इलाम नगरपालिका द्वारा संयुक्त रुपमा आयोजित उक्त कार्यक्रममा आ व २०७२।७३को सामाजिक परिक्षणको प्रतिवेदन पनि सार्बजनिकरण गरिएको थियो ।।

Post date: Wednesday, November 16, 2016 - 07:50

पहिलो सार्वजनिक सुनुवाइ को सूचना

इलाम नगरपालिकाको आ.व. ०७३।०७४ को पहिलो सार्वजनिक सुनुवाइ को सूचना

 

Post date: Thursday, November 10, 2016 - 11:49

आ.व. २०७३।७४ मा सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिहरुको मूल अभिलेख

अनुसूची १० , दफा १७ को उपदफा १ सँग सम्वन्धित भत्ता,वृती, अनुदान पाउनेहरुको मूल अभिलेख को लागि Supporting Document Download गर्नुहोला ।

Post date: Monday, August 15, 2016 - 15:36

सामाजिक सुरक्षा परिचय पत्र प्राप्तिका लागि दरखास्त दर्ता गराउने तथा नविकरण गर्ने बारेको सूचना

सामाजिक सुरक्षा परिचय पत्र प्राप्तिका लागि दरखास्त दर्ता गराउने तथा नविकरण गर्ने बारेको सूचना

Post date: Thursday, August 4, 2016 - 17:06

जानकारी सम्वन्धमा

इलाम नगरपालिकाको जानकारी

Post date: Sunday, July 31, 2016 - 17:07

इलाम नगरपालिकाको सूचना

इलाम नगरपालिकाको मिति २०७३।०३।३१ गतेको बोर्ड बैठकबाट स्वीकृत इलाम नगरपालिका अन्तर्गत आ.व. ०७३।०७४ मा सञ्चालन हुने योजना तथा कार्यक्रमको वार्षिक कार्यसञ्चालन तालिका निम्नानुसार भएको हुँदा सर्वसाधारणमा जानकारीको लागि अनुरोध छ ।

Post date: Sunday, July 31, 2016 - 12:58

इलाम नगरपालिकाको सूचना

इलाम नगरपालिकाको मिति २०७३।०४।०७ मा सम्पन्न आ.ब. ०७२।०७३ को वार्षिक प्रगति समीक्षा गोष्ठीबाट आ.ब. ०७२।०७३ को बार्षिक प्रगति विवरण निम्न सुझाव / निष्कर्षसहित पारित भएको जानकारीको लागि अनुरोध छ ।

 

Post date: Sunday, July 31, 2016 - 12:52

आसय पत्र पेश गर्ने सूचना

इलाम नगरपालिकाको कार्यलय, हरित उध्दमशीलताका लागि सार्वजनिक निजी साझेदारी (PPP for 4 Gs) परियोजना अन्तर्गत फोहरमैला व्यवस्थापन तथा उध्दमशिलता विकासको लागि आसय पत्र (EOI) पेश गर्ने सूचना ( सूचना प्रकाशन मिति २०७३।०४।१२ गते)

Post date: Friday, July 29, 2016 - 13:01

इलाम नगरपालिकाको आ.व. २०७२।२०७३ को बार्षिक समीक्षा गोष्ठी सम्पन्न

आज मिति २०७३।०४।०७ गतेका दिन इलाम नगरपालिकाका कार्यकारी अधिकृत श्री महेन्द्रकुमार खाम्याहाङको अध्यक्षतामा इलाम नगरपालिकाको आ.व. ०७२।०७३ को वार्षिक समीक्षा गोष्ठी सम्पन्न गरियो ।

थप जानकारीको लागी Supporting Document हेर्नुहोला ।

Post date: Friday, July 22, 2016 - 18:38

आ.व. २०७२।२०७३ को इलाम नगरपालिकाको नक्सापास सम्बन्धि विवरण

आ.व. २०७२।२०७३ को इलाम नगरपालिकाको नक्सापास सम्बन्धि सम्पूर्ण विवरण

 

Post date: Thursday, July 21, 2016 - 17:56

इलाम नगरपालिकाको बार्षिक समिक्षा गोष्ठी सम्वन्धि सूचना

यस नगरपालिकाको आ.व. २०७२।२०७३ मा सम्पन्न योजना तथा कार्यक्रमको समिक्षा गोष्ठी सम्वन्धि सूचना

Post date: Wednesday, July 20, 2016 - 19:58

इलाम नगरपालिकाको सूचना

इलाम नगरपालिकाको सूचना...

 

Post date: Thursday, July 14, 2016 - 18:03

सार्वजनिकसुनुवाइ कार्यक्रम

इलाम नगरपालिकाको आ.व. ०७२्।०७३ अन्तर्गत तेस्रो चौमासिकको सार्वजनिक सुनुवाइ कार्यक्रम मिति २०७३।०३।३० गतेका दिन दिउँसो ११ बजे महमाई नि.मा.वि. इलाम नगरपालिका वार्ड नं. ५ भन्ज्याङ्गमा आयोजना हुने भएकोले सो कार्यक्रममा सरोकारवाला राजनैतिक दल, कार्यालय,विध्दालय, संघसंस्था, वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्र, टोल विकास संस्था तथा सर्वसाधारणहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध  छ ।

Post date: Wednesday, July 13, 2016 - 15:31

भूल सुधार गरिएको बारे ।

यस कार्यालयद्धारा मिति २०७२/११/१२ मा प्रकाशित सूचना नं. इ.न.पा.का./इलाम/ एन.सी.वि./ निर्माण /०४ /०७२/०७३ योजनाको नाम इलाम नगरपालिका कार्यालय भवन निर्माण, ठेगाना इलाम नगरपालिका वडा नं. ०२, भानुपथका टेण्डर डकुमेण्टको BOQ (Bill of Quantity) मा योजनाको नाम र ठेगानामा इलाम नगरपालिका कार्यालय भवन निर्माण, ठेगाना इलाम नगरपालिका वडा नं. ०२, भानुपथ हुनुपर्नेमा अन्यथा भएकोले उल्लेखितअनुसार कायम हुने गरी सच्याइएका व्यहोरा सम्वन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएकोछ ।
महेन्द्र कुमार खाम्याहाङ्ग
कार्यकारी अधिकृत

Post date: Thursday, March 24, 2016 - 21:35

कार्यक्रम अधिकृत पदमा रोजगारिको अबसर

यस इलाम नगरपालिकाको कार्यालयमा कार्यक्रम अधिकृत (LGCDP Focal Person ) पदमा १ जना कर्मचारी आवस्यकता परेको हुदा मिति २०७२/११/१९ गते बुधबार सम्ममा दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ। दरखास्त फारम दस्तुर रु. १०००।- (एक हजार) तिरी  राजस्व शाखाबाट लिई सोको रसिद दरखास्त फारमसंग संलग्न गरी बुझाउनु पर्ने छ ।

Post date: Wednesday, February 24, 2016 - 11:34

राजस्व दररेट सुचना 2072_09_30

Post date: Tuesday, February 16, 2016 - 11:15

वडाभेला सम्वन्धि सूचना ।

Post date: Wednesday, January 6, 2016 - 15:18

इलाम नगरपालिका कार्यालयको सार्वजनिक सुनुवाइ कार्यक्रमसम्बन्धी सूचना ।

 आ.व.०७२/०७३ को पहिलो चौमासिक  इलाम नगरपालिका कार्यालयको कामकार्यवाही संबन्धी  कार्यालय र सेवाग्राहीवीच नियमित अन्तरसंम्वाद  गरी सुशासन प्रवद्र्धन गर्न २०७२।०७।२३ गते दिनको १२.३० बजे जिल्ला विकास समितिको कार्यालय ईलामको सभाहलमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएकाले आम नगरवासी हरुलाई उपस्थितिका लागी अनुरोध छ ।

                                                                                                                                                                                  महेन्द्रकुमार खाम्याहा∙
                                                                                                                                                                                       कार्यकारी अधिकृत

 

Post date: Thursday, May 28, 2015 - 15:47

Pages