FAQs Complain Problems

News and Notices

निशुल्क आँखा शिविर सम्बन्धी सूचना

मिति २०७५।१२।२२

इलाम नगरपालिका, नगर कार्यपालिकाको कार्यालय इलाम, बिराटनगर आँखा अस्पताल बिराटनगर, नेपाल नेत्रज्योति संघ इलाम, जिल्ला प्रहरी कार्यालय इलामको आयोजनामा मिति २०७६ साल बैशाख ५, ६ र ७ गतेका दिन इलाम अस्पतालमा मोतियाबिन्दुको शल्यक्रिया सहितको निशुल्क आँखा शिविर सञ्चालन हुने भएकाले आँखाका रोगीहरुले समयमै सर्म्पर्क राखी आँखाको उपचार गराउन हुन अनुरोध छ । साथै यस सूचनालाई जेष्ठ नागरिक तथा आँखाका रोगीहरु समक्ष प्रचारप्रसार गरि दिन हुन इलाम नगरपालिकाका जनप्रतिनिधिज्यूहरु, वडा सचिव, स्वास्थ्य केन्द्र प्रमुख, सामाजिक परिचालक र महिला स्वास्थ्य स्वयम्सेविकाहरुमा समेत अनुरोध छ ।

गोबरव्यास प्लान्ट तथा सुधारिएको धुँवारहित चुल्हो निर्माण सम्बन्धी सूचना

इलाम नगरपालिका, 

नगर कार्यपालिकाको कार्यालय, इलाम

गोबरग्यास प्लान्ट निर्माण सम्बन्धी सूचना

मिति २०७५।१२।१९

इलाम नगरपालिका क्षेत्रमा गोबरग्यास प्लान्ट निर्माण गर्न इच्छुक नागरिकहरुलाई नगरपालिकाले प्लान्ट निर्माणमा सहयोग गर्ने भएको हुँदा गोबरग्यास प्लान्ट निर्माण गर्न इच्छुक इलाम नगर क्षेत्रका नागरिकहरुले निम्नानुसार विवरण खुलाई वडा कार्यालयको सिफारिससहित १५ दिन भित्रमा यस कार्यालयमा आवेदन गर्न हुन अनुरोध छ ।

निम्न ः

१. आफूले निर्माण गर्न चाहेको प्लान्टको घनमिटर,

२. आफूले लगानी गर्ने रकम 

३. नगरपालिकाबाट अपेक्षा गरिएको रकम

आगलागी जस्तो विपद्को घटनाहरु हुन नदिनका लागि सबैले देख्ने गरी सूचना प्रचारप्रसार गर्न हुन ।

सूचना

यस वर्षो हावाहुरीको मौसम शुरु भइसकेको छ । हावाहुरीको मौसममा आगलागीको सम्भावना बढी हुने र त्यसबाट जनधनको क्षति लगायत विपद्का अन्य घटनाहरु हुन सक्ने भएकोले आगलागी जस्तो विपद्का घटनाहरु हुन नदिनका लागि सचेतता अपनाउन हुन इलाम नगरपालिका, नगर कार्यपालिकाको कार्यालय इलाम हार्दिक अनुरोध गर्दछ ।

 निम्न ः

· वनजंगलमा जथाभावी डढेलो लगाउने कार्य नगरौ ।

· सलाइ, लाइटर, मटिृतेल, पेट्रोल डिजेल जस्ता प्रज्वलनशील पदार्थहरु सुरक्षित ढङ्गले राखौ ।

· ग्यास चुल्हो र ग्यास चुल्होको पाइप तथा रेगुलेटरलाई नियमित रुपले जाँच गरौ र सुरक्षित राखौ ।

इलाम बजार तेश्रो शहरी खानेपानी आयोजना शुरु

इलाममा सञ्चालन हुन लागेको ‘इलाम बजार तेश्रो साना शहरी खानेपानी तथा सरसफाई आयोजना’ को निर्माण सुरु भएको छ ।

निर्माणका लागि ठेकेदार कम्पनीसँग सम्झौता भएसँगै आयोजनाको निर्माण कार्य सुरु भएको नगरपालिकाले विहीबार पत्रकार भेटघाट आयोजना गरी जानकारी दिएको छ । सम्झौतालाई विहीबार बसेको बैठकले अनुमोदन गरेको बस्नेताले जानकारी दिए ।

निर्माण पश्चात निर्माण भएका सवै संरचना इलाम नगरपालिकाको स्वामित्वमा रहने इलाम नगरपालिकाका नगर प्रमुख बस्नेतले जानकारी दिए ।
इलाम नगरपालिकाको स्वामित्वमा सञ्चालन हुने आयोजनाको रमण कन्ट्रक्सन कम्पनीले ५७ करोड ९५ लाख ७ हजार रुपैयाँमा ठेक्का लिएको छ ।

इलाम नगरपालिकाकाे अनुराेध

वनजंगलमा जथाभावी डढेलो लगाउने कार्य नगरौ ।

· सलाइ, लाइटर, मटिृतेल, पेट्रोल डिजेल जस्ता प्रज्वलनशील पदार्थहरु सुरक्षित ढङ्गले राखौ ।

· ग्यास चुल्हो र ग्यास चुल्होको पाइप तथा रेगुलेटरलाई नियमित रुपले जाँच गरौ र सुरक्षित राखौ ।

· होटल, कारखाना, मिनीमार्केट, ग्यास पसलहरुमा आकस्मिक सुरक्षाका लागि फायरस्टिङ्ग्युसर राखौ ।

· खाना पकाइ सकेपछि ग्यास सिलिण्डरको रेगुलेर अनिवार्य रुपले बन्द गरौ । 

६९ औ राष्ट्रिय प्रजातन्त्र दिवस समारोह समिति इलामको कार्यक्रम

मिति २०७५।११।६ गते बिहान ७ बजे आफ्नो कार्यालय संघसंस्था परिसरमा सरसफाइ
मिति २०७५।११।७ गते बिहान ७.३० बजे ठूलो टुँडिखेलमा भेला भई चोकबजार हुँदै जिसस भवनसम्म प्रभातफेरी गरी सभामा परिणत र प्रवचन कार्यक्रम
मिति २०७५।११।७ गते बिहान ८.३० बजे जिसस भवनमा निर्वाचन र लोकतन्त्र विषयक अन्तरक्रिया कार्यक्रम
मिति २०७५।११।७ गते दिउँसो ११.३० बजे जिसस भवनमा प्रजातन्त्र विषयमा वक्तृत्वकला प्रतियोगिता
मिति २०७५।११।७ गते साँझ ६.३० बजे इलाम चोकबजारमा मैनबत्ती प्रज्वलन/दीपावली कार्यक्रम
मिति २०७५।११।८ गते बिहान ८.०० बजे इलाम अस्पतालका बिरामीलाई फलफूल वितरण कार्यक्रम

विज्ञापन नं. ४।२०७५।०७६, पद ः हलुका सवारी चालक (श्रेणीविहीन), संख्या ः १ (एक)

इलाम नगरपालिका,
नगर कार्यपालिकाको कार्यालय इलामको 
करारमा हलुका सवारी चालक (श्रेणीविहीन) पदपूर्ति सम्बन्धीे सूचना
मिति २०७५।८।१९

विज्ञापन नं. ४।२०७५।०७६, पद ः हलुका सवारी चालक (श्रेणीविहीन), संख्या ः १ (एक)

सहायक कम्प्युटर अप्रेटर (सहायकस्तर चौथो) पदको अन्तरवार्ता

यस कार्यालयको विज्ञापन नं. १।२०७५।०७६ मिति २०७५।४।२५ समेतको सूचना अनुसार सहायक कम्प्युटर अप्रेटर (सहायकस्तर चौथो) पदको अन्तरवार्ता कार्यक्रम मिति २०७५।५।१९ गते दिउँसो १ बजेदेखि यस कार्यालयमा हुने भएको हुँदा उक्त पदका लागि आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई अन्तरवार्ता कार्यक्रममा उपस्थितिको लागि अनुरोध छ ।

पुराना जिन्सी मालसामान लिलाम बिक्रीसम्बन्धी

इलाम नगरपालिका, नगर कार्यपालिकाको कार्यालय इलामको 
पुराना जिन्सी मालसामान लिलाम बिक्रीसम्बन्धी
मिति २०७५।२।२७ को सूचना

एकीकृत सम्पत्ति विवरण पेश गर्ने बारे सम्पत्तिधनीहरूलाई अत्यन्त जरुरी सूचना

इलाम नगरपालिका, नगर कार्यपालिकाको कार्यालय

इलामको मिति २०७५।२।१५ को 

एकीकृत सम्पत्ति विवरण पेश गर्ने बारे सम्पत्तिधनीहरूलाई अत्यन्त जरुरी सूचना

 

राष्ट्रसेवकहरुको लागि अवसर

मिति २०७५।२।१४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले २०७५ सालभित्र सिंहदरबार लगायत देशभर नै एक राष्ट्रसेवक एक फलफूलको विरुवा कार्यक्रमको रुपमा संचालन गरी हावापानी र माटो सुहाउदो फलफूलको विरुवा रोपण गर्ने निर्ण्र्ाागरेको र आगामी विश्व वातावरण दिवस जुन ५ का दिनदेखि कार्य शुभारम्भ गरी एक राष्ट्रसेवक एक फलफूलको विरुवा कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गर्ने भनी गृह मन्त्रालयको मिति २०७५।२।१४ को परिपत्रानुसार निर्ण्र्ााकार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय इलामको च.नं.

सामाजिक सुरक्षा भत्ता रकम भुक्तानी स‌बन्धमा

                                                                                                                    

सूचना

सामाजिक सुरक्षा सम्बन्धी सूचना

इलाम नगरपालिकाको सूचना

इलाम नगरपालिका नगर कार्यपालिका इलाम को सूचना ।

 

इलाम नगरपालिका नगर कार्यपालिकाको कार्यालय इलामको सूचना

इलाम नगरपालिकाको आ.ब. २०७३।७४ को लक्षित समूहअन्तर्गत बालबालिकातर्फको बजेटबाट प्रतियोगिता संचालन गरिने सूचना ।

सूचना सूचना सुचना

इलाम नगरपालिका
नगर कार्यपालिकाको कार्यालय, इलामको
मिति २०७३।११।३० को सूचना
जिल्ला प्रशासन कार्यालय इलामको च.नं. ५०४७ मिति २०७३।११।२७ को पत्रानुसार निम्न मिति, समय र स्थानमा भेला भई र्‍यालीका साथ उपभोक्ता दिवस मनाउने कार्यक्रम भएको हुनाले सो र्‍यालीमा सहभागी भई कार्यक्रम सफल पार्न हुन सबै महानुभावहरूमा अनुरोध छ ।
निम्न ः-
मिति ः २०७३।१२।२ गते
समय ः बिहान ७.३० बजे
स्थान ः ठूलो टुँडिखेल इलाम

चर्पीको ढल नालीमा हाल्ने फन्दामा

इलाम, १८ फागुनः चर्पीको ढल सार्वजनिक नालामा मिसाउने चार जना इलाम सदरमुकाममा फेला परेका छन् । जिल्ला प्रशासन कार्यालय इलाम, जिल्ला स्वास्थ्य कार्यालय इलाम र इलाम नगरपालिका कार्यालय इ लाम का प्रतिनिधिहरुको संयुक्त अनुगमन टोलीले चर्पीको ढल सार्वजनिक नालामा मिसाएको पाएको हो । इलाम बजारभित्रका देवेन्द्र शंकर, आशिर्वाद गेष्ट हाउस, टुडिखेल मोडका गणेश पौडेल र श्याम शाहको घरको चर्पीबाट निस्किएको प्रदुशित ढल सार्वजनिक नालामा मिसाएको पाईएको हो ।

इलाम नगरपालिकाको आ व २०७३।७४ को प्रथम सार्वजनिज सुनुवाइ सम्पन्न

इलाम नगरपालिका को प्रथम सार्वजनिक सुनुवाइ मिति २०७३ कार्तिक ३० गतेका दिन जिल्ला विकाश समिति इलामको सभा कक्षमा सु सम्पन्न भएको छ। जिल्ला विकाश समिति र इलाम नगरपालिका द्वारा संयुक्त रुपमा आयोजित उक्त कार्यक्रममा आ व २०७२।७३को सामाजिक परिक्षणको प्रतिवेदन पनि सार्बजनिकरण गरिएको थियो ।।

पहिलो सार्वजनिक सुनुवाइ को सूचना

इलाम नगरपालिकाको आ.व. ०७३।०७४ को पहिलो सार्वजनिक सुनुवाइ को सूचना

 

आ.व. २०७३।७४ मा सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिहरुको मूल अभिलेख

अनुसूची १० , दफा १७ को उपदफा १ सँग सम्वन्धित भत्ता,वृती, अनुदान पाउनेहरुको मूल अभिलेख को लागि Supporting Document Download गर्नुहोला ।

Pages