FAQs Complain Problems

News and Notices

भू उपयाेग याेजना (Land use plan)

भू उपयाेग याेजना (Land use plan)

सामाजिक सुरक्षा भत्ता रकम भुक्तानी स‌बन्धमा

                                                                                                                    

सूचना

सामाजिक सुरक्षा सम्बन्धी सूचना

इलाम नगरपालिकाको सूचना

इलाम नगरपालिका नगर कार्यपालिका इलाम को सूचना ।

 

इलाम नगरपालिका नगर कार्यपालिकाको कार्यालय इलामको सूचना

इलाम नगरपालिकाको आ.ब. २०७३।७४ को लक्षित समूहअन्तर्गत बालबालिकातर्फको बजेटबाट प्रतियोगिता संचालन गरिने सूचना ।

सूचना सूचना सुचना

इलाम नगरपालिका
नगर कार्यपालिकाको कार्यालय, इलामको
मिति २०७३।११।३० को सूचना
जिल्ला प्रशासन कार्यालय इलामको च.नं. ५०४७ मिति २०७३।११।२७ को पत्रानुसार निम्न मिति, समय र स्थानमा भेला भई र्‍यालीका साथ उपभोक्ता दिवस मनाउने कार्यक्रम भएको हुनाले सो र्‍यालीमा सहभागी भई कार्यक्रम सफल पार्न हुन सबै महानुभावहरूमा अनुरोध छ ।
निम्न ः-
मिति ः २०७३।१२।२ गते
समय ः बिहान ७.३० बजे
स्थान ः ठूलो टुँडिखेल इलाम

चर्पीको ढल नालीमा हाल्ने फन्दामा

इलाम, १८ फागुनः चर्पीको ढल सार्वजनिक नालामा मिसाउने चार जना इलाम सदरमुकाममा फेला परेका छन् । जिल्ला प्रशासन कार्यालय इलाम, जिल्ला स्वास्थ्य कार्यालय इलाम र इलाम नगरपालिका कार्यालय इ लाम का प्रतिनिधिहरुको संयुक्त अनुगमन टोलीले चर्पीको ढल सार्वजनिक नालामा मिसाएको पाएको हो । इलाम बजारभित्रका देवेन्द्र शंकर, आशिर्वाद गेष्ट हाउस, टुडिखेल मोडका गणेश पौडेल र श्याम शाहको घरको चर्पीबाट निस्किएको प्रदुशित ढल सार्वजनिक नालामा मिसाएको पाईएको हो ।

इलाम नगरपालिकाको आ व २०७३।७४ को प्रथम सार्वजनिज सुनुवाइ सम्पन्न

इलाम नगरपालिका को प्रथम सार्वजनिक सुनुवाइ मिति २०७३ कार्तिक ३० गतेका दिन जिल्ला विकाश समिति इलामको सभा कक्षमा सु सम्पन्न भएको छ। जिल्ला विकाश समिति र इलाम नगरपालिका द्वारा संयुक्त रुपमा आयोजित उक्त कार्यक्रममा आ व २०७२।७३को सामाजिक परिक्षणको प्रतिवेदन पनि सार्बजनिकरण गरिएको थियो ।।

पहिलो सार्वजनिक सुनुवाइ को सूचना

इलाम नगरपालिकाको आ.व. ०७३।०७४ को पहिलो सार्वजनिक सुनुवाइ को सूचना

 

आ.व. २०७३।७४ मा सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिहरुको मूल अभिलेख

अनुसूची १० , दफा १७ को उपदफा १ सँग सम्वन्धित भत्ता,वृती, अनुदान पाउनेहरुको मूल अभिलेख को लागि Supporting Document Download गर्नुहोला ।

इलाम नगरपालिकाको सूचना

इलाम नगरपालिकाको मिति २०७३।०३।३१ गतेको बोर्ड बैठकबाट स्वीकृत इलाम नगरपालिका अन्तर्गत आ.व. ०७३।०७४ मा सञ्चालन हुने योजना तथा कार्यक्रमको वार्षिक कार्यसञ्चालन तालिका निम्नानुसार भएको हुँदा सर्वसाधारणमा जानकारीको लागि अनुरोध छ ।

इलाम नगरपालिकाको सूचना

इलाम नगरपालिकाको मिति २०७३।०४।०७ मा सम्पन्न आ.ब. ०७२।०७३ को वार्षिक प्रगति समीक्षा गोष्ठीबाट आ.ब. ०७२।०७३ को बार्षिक प्रगति विवरण निम्न सुझाव / निष्कर्षसहित पारित भएको जानकारीको लागि अनुरोध छ ।

 

आसय पत्र पेश गर्ने सूचना

इलाम नगरपालिकाको कार्यलय, हरित उध्दमशीलताका लागि सार्वजनिक निजी साझेदारी (PPP for 4 Gs) परियोजना अन्तर्गत फोहरमैला व्यवस्थापन तथा उध्दमशिलता विकासको लागि आसय पत्र (EOI) पेश गर्ने सूचना ( सूचना प्रकाशन मिति २०७३।०४।१२ गते)

इलाम नगरपालिकाको आ.व. २०७२।२०७३ को बार्षिक समीक्षा गोष्ठी सम्पन्न

आज मिति २०७३।०४।०७ गतेका दिन इलाम नगरपालिकाका कार्यकारी अधिकृत श्री महेन्द्रकुमार खाम्याहाङको अध्यक्षतामा इलाम नगरपालिकाको आ.व. ०७२।०७३ को वार्षिक समीक्षा गोष्ठी सम्पन्न गरियो ।

थप जानकारीको लागी Supporting Document हेर्नुहोला ।

इलाम नगरपालिकाको बार्षिक समिक्षा गोष्ठी सम्वन्धि सूचना

यस नगरपालिकाको आ.व. २०७२।२०७३ मा सम्पन्न योजना तथा कार्यक्रमको समिक्षा गोष्ठी सम्वन्धि सूचना

सार्वजनिकसुनुवाइ कार्यक्रम

इलाम नगरपालिकाको आ.व. ०७२्।०७३ अन्तर्गत तेस्रो चौमासिकको सार्वजनिक सुनुवाइ कार्यक्रम मिति २०७३।०३।३० गतेका दिन दिउँसो ११ बजे महमाई नि.मा.वि. इलाम नगरपालिका वार्ड नं. ५ भन्ज्याङ्गमा आयोजना हुने भएकोले सो कार्यक्रममा सरोकारवाला राजनैतिक दल, कार्यालय,विध्दालय, संघसंस्था, वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्र, टोल विकास संस्था तथा सर्वसाधारणहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध  छ ।

भूल सुधार गरिएको बारे ।

यस कार्यालयद्धारा मिति २०७२/११/१२ मा प्रकाशित सूचना नं. इ.न.पा.का./इलाम/ एन.सी.वि./ निर्माण /०४ /०७२/०७३ योजनाको नाम इलाम नगरपालिका कार्यालय भवन निर्माण, ठेगाना इलाम नगरपालिका वडा नं. ०२, भानुपथका टेण्डर डकुमेण्टको BOQ (Bill of Quantity) मा योजनाको नाम र ठेगानामा इलाम नगरपालिका कार्यालय भवन निर्माण, ठेगाना इलाम नगरपालिका वडा नं. ०२, भानुपथ हुनुपर्नेमा अन्यथा भएकोले उल्लेखितअनुसार कायम हुने गरी सच्याइएका व्यहोरा सम्वन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएकोछ ।
महेन्द्र कुमार खाम्याहाङ्ग
कार्यकारी अधिकृत

कार्यक्रम अधिकृत पदमा रोजगारिको अबसर

यस इलाम नगरपालिकाको कार्यालयमा कार्यक्रम अधिकृत (LGCDP Focal Person ) पदमा १ जना कर्मचारी आवस्यकता परेको हुदा मिति २०७२/११/१९ गते बुधबार सम्ममा दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ। दरखास्त फारम दस्तुर रु. १०००।- (एक हजार) तिरी  राजस्व शाखाबाट लिई सोको रसिद दरखास्त फारमसंग संलग्न गरी बुझाउनु पर्ने छ ।

इलाम नगरपालिका कार्यालयको सार्वजनिक सुनुवाइ कार्यक्रमसम्बन्धी सूचना ।

 आ.व.०७२/०७३ को पहिलो चौमासिक  इलाम नगरपालिका कार्यालयको कामकार्यवाही संबन्धी  कार्यालय र सेवाग्राहीवीच नियमित अन्तरसंम्वाद  गरी सुशासन प्रवद्र्धन गर्न २०७२।०७।२३ गते दिनको १२.३० बजे जिल्ला विकास समितिको कार्यालय ईलामको सभाहलमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएकाले आम नगरवासी हरुलाई उपस्थितिका लागी अनुरोध छ ।

Pages