FAQs Complain Problems

News and Notices

चर्पीको ढल नालीमा हाल्ने फन्दामा

इलाम, १८ फागुनः चर्पीको ढल सार्वजनिक नालामा मिसाउने चार जना इलाम सदरमुकाममा फेला परेका छन् । जिल्ला प्रशासन कार्यालय इलाम, जिल्ला स्वास्थ्य कार्यालय इलाम र इलाम नगरपालिका कार्यालय इ लाम का प्रतिनिधिहरुको संयुक्त अनुगमन टोलीले चर्पीको ढल सार्वजनिक नालामा मिसाएको पाएको हो । इलाम बजारभित्रका देवेन्द्र शंकर, आशिर्वाद गेष्ट हाउस, टुडिखेल मोडका गणेश पौडेल र श्याम शाहको घरको चर्पीबाट निस्किएको प्रदुशित ढल सार्वजनिक नालामा मिसाएको पाईएको हो ।

इलाम नगरपालिकाको आ व २०७३।७४ को प्रथम सार्वजनिज सुनुवाइ सम्पन्न

इलाम नगरपालिका को प्रथम सार्वजनिक सुनुवाइ मिति २०७३ कार्तिक ३० गतेका दिन जिल्ला विकाश समिति इलामको सभा कक्षमा सु सम्पन्न भएको छ। जिल्ला विकाश समिति र इलाम नगरपालिका द्वारा संयुक्त रुपमा आयोजित उक्त कार्यक्रममा आ व २०७२।७३को सामाजिक परिक्षणको प्रतिवेदन पनि सार्बजनिकरण गरिएको थियो ।।

पहिलो सार्वजनिक सुनुवाइ को सूचना

इलाम नगरपालिकाको आ.व. ०७३।०७४ को पहिलो सार्वजनिक सुनुवाइ को सूचना

 

आ.व. २०७३।७४ मा सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिहरुको मूल अभिलेख

अनुसूची १० , दफा १७ को उपदफा १ सँग सम्वन्धित भत्ता,वृती, अनुदान पाउनेहरुको मूल अभिलेख को लागि Supporting Document Download गर्नुहोला ।

Pages