इलाम, १८ फागुनः चर्पीको ढल सार्वजनिक नालामा मिसाउने चार जना इलाम सदरमुकाममा फेला परेका छन् । जिल्ला प्रशासन कार्यालय इलाम, जिल्ला स्वास्थ्य कार्यालय इलाम र इलाम नगरपालिका कार्यालय इ लाम का प्रतिनिधिहरुको संयुक्त अनुगमन टोलीले चर्पीको ढल सार्वजनिक नालामा मिसाएको पाएको हो । इलाम बजारभित्रका देवेन्द्र शंकर, आशिर्वाद गेष्ट हाउस, टुडिखेल मोडका गणेश पौडेल र श्याम शाहको घरको चर्पीबाट निस्किएको प्रदुशित ढल सार्वजनिक नालामा मिसाएको पाईएको हो ।
इलाम नगरपालिका को प्रथम सार्वजनिक सुनुवाइ मिति २०७३ कार्तिक ३० गतेका दिन जिल्ला विकाश समिति इलामको सभा कक्षमा सु सम्पन्न भएको छ। जिल्ला विकाश समिति र इलाम नगरपालिका द्वारा संयुक्त रुपमा आयोजित उक्त कार्यक्रममा आ व २०७२।७३को सामाजिक परिक्षणको प्रतिवेदन पनि सार्बजनिकरण गरिएको थियो ।।
इलाम नगरपालिकाको मिति २०७३।०३।३१ गतेको बोर्ड बैठकबाट स्वीकृत इलाम नगरपालिका अन्तर्गत आ.व. ०७३।०७४ मा सञ्चालन हुने योजना तथा कार्यक्रमको वार्षिक कार्यसञ्चालन तालिका निम्नानुसार भएको हुँदा सर्वसाधारणमा जानकारीको लागि अनुरोध छ ।
इलाम नगरपालिकाको मिति २०७३।०४।०७ मा सम्पन्न आ.ब. ०७२।०७३ को वार्षिक प्रगति समीक्षा गोष्ठीबाट आ.ब. ०७२।०७३ को बार्षिक प्रगति विवरण निम्न सुझाव / निष्कर्षसहित पारित भएको जानकारीको लागि अनुरोध छ ।